नियम ७
शिक्षा प्राप्तिका लागि विशेष अवसर प्रदान गरिने
(१) स्थानीय तहले सार्वजनिक विद्यालयमा अध्ययनरत जनआन्दोलन, सशस्त्र सङ्घर्ष, क्रान्तिका क्रममा जीवन उत्सर्ग गर्ने शहीद, बेपत्ता पारिएका व्यक्ति, द्वन्द्व पीडित, घाइते तथा अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई आधारभूत तहसम्मको विद्यालय शिक्षामा दिवा खाजा, पोशाक तथा स्टेशनरी वापतको छात्रवृत्तिमा आवश्यकता र उपलब्धताको आधारमा विशेष अवसर प्रदान गर्नेछ।
(२) जनआन्दोलन, सशस्त्र सङ्घर्ष, क्रान्तिका क्रममा अभिभावक गुमाएका उपनियम (१) बमोजिमका व्यक्तिका छोराछोरीलाई आवासीय सुविधा सहितको शिक्षा उपलब्ध गराउन सकिनेछ।
(२) जनआन्दोलन, सशस्त्र सङ्घर्ष, क्रान्तिका क्रममा अभिभावक गुमाएका उपनियम (१) बमोजिमका व्यक्तिका छोराछोरीलाई आवासीय सुविधा सहितको शिक्षा उपलब्ध गराउन सकिनेछ।